
पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको पोखरा मोटर र्यालीमा पुरुष क्याटगोरीतर्फ एभरेस्ट एफ एमका निर्देशक तथा घुमन्ते समूहका अभियन्ता सोभितमान बुद्धाचार्य (चालक) र सुसिन लामा (नेभिगेटर) ले विजयी भएका छन् ।
दोस्रो स्थान पनि एभरेस्ट मिडिया हाउसका शेयरहोल्डर सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठ विजयी भए । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो तथा शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।
मोटर र्याली नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्सल तथा ट्रेनिङ कमिसनबाट प्रशिक्षित मार्सलहरूले सञ्चालन गरेका थिए । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै मोटरस्पोर्ट्सका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको आयोजक गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका थिए । मोटर र्यालीमा ७३ प्रतिस्पर्धी थिए । त्यसमा ५३ पुरुष र २० महिला ड्राइभरले भाग लिएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।