
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा विद्यार्थीहरुका लागि एकदिने “समय तथा तनाव व्यवस्थापन” प्रशिक्षण कार्यक्रम यही चैत ९ गते, शनिबार पोखरा -३ नदिपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. को सभाहलमा सम्पन्न गरेको छ ।
प्रतिष्ठानद्वारा छात्रवृत्रि प्राप्त विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजित यस कार्यक्रममा समय व्यवस्थापन सम्बन्धी संस्थाकै कार्यसमिति सदस्य मदरल्याण्ड मा.वि. का +२ कोअर्डिनेटर तथा पि.एन. क्याम्पसका लेक्चरर लोकबहादुर तमु र तनाव व्यवस्थापन सम्बन्धी मानवशास्त्री एवम् इन्जिनियर रोशन तमुले सहजीकरण गर्नुभएको थियो ।

विद्यार्थी कालमा आफ्नो पढाइ र क्यारियर बनाउन यस प्रशिक्षण कार्यक्रमबाट प्राप्त भएको ज्ञान अति नै महत्त्वपूर्ण हुने र यो सबै व्यक्तिको लागि अत्यावश्यक रहेको कुरा प्रशिक्षार्थीहरुले व्यक्त गरे । कार्यक्रममा २० जना विद्यार्थीहरुको सहभागिता थियो भने संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचीव कन्चन तमुले सन्चालन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।