राजावादीले अराजकता मच्चाएपछि प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको आकस्मिक बैठक


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १५

राजावादीहरुले अराजकता मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन् । राजावादीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलावट भएको एक मन्त्रीले जानकारी दिए । बैठक आजै साँझ बस्न लागेको उनको भनाई छ ।

राजावादीले आज दिउँसो काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निशेधित क्षेत्र तोड्ने प्रयास भएपछि दुई पक्षबीच झडप भएको थियो । त्यसपछि राजावादीहरु पार्टी कार्यालय, भाटभटेनी, नीजि घर, ट्याक्सीलगायतमा तोडफोड र आगजनी गर्दै हिंडेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।