पोखरा, चैत १६
पोखरामा चैत चौथो साता ‘केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट प्रतियोगिता’ हुने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिता यहि चैत २३ गतेदेखि ३० गतेसम्म हुने मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अघिल्लो वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
प्रतियोगिताको तयारी शुरु भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । प्रतियोगितामा १६ टिम सहभागी हुने उनले बताए । ‘२९ भन्दा बढी टिमले सहभागीताका लागि पत्र पठाएका छन् तर हामी छनौट गरेर १६ टिमलाई मात्रै सहभागी गराउँछौं ।’ टिमको टुंगो भने केहि दिनमा लाग्ने उनको भनाई छ ।
प्रतियोगिता लिग कम नक आउटका आधारमा हुने अध्यक्ष आचार्यले जानकारी दिए ।
प्रतियोगिताको उद्देश्य पोखराको क्रिकेटको विकास र पर्यटनको राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्नु रहेको अध्यक्ष आचार्यले बताए । ‘क्रिकेटको विकाससँगै खेल पर्यटनको प्रवद्र्दन गर्नु हाम्रो उद्देश्य हो’–उनले भने । साथै खेलाडी उत्पादनमापनि प्रतियोगिताले सघाउने उनको दाबी छ ।
प्रतियोगिता पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवद्र्दनका लागि कोशेढुंगा सावित हुने एकेडेमीका उपाध्यक्ष राजेश गुरूङ र सचिब कृष्ण तिमिल्सनाले विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उपाधि बिजेता टिमले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद ५ लाखसहित नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ । त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिजले नगद ३० हजारसहित ट्रफी र मेडल तथा बेष्ट बलर, बेष्ट व्याटरले जनही नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने उनले बताए । उनका अनुसार हरेक खेलमा प्लेयर अफ दि म्याच घोषणा गरिनेछ । जसलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करीब १ करोड ३० लाख खर्च हुने आयोजकको अनुमान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







