पोखरा, चैत १६
पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा पत्रकारहरुले पोखरामापनि विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा महासंघ कार्यालयबाट शुरु भएको विरोध र्याली राष्ट्रबैंकचोकहुँदै सहिदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले राजावादीको नाममा भएको आन्दोलनमा पत्रकारको हत्या गरिनू निन्दनीय भएको बताए । उनले भने,‘निरंकुश राजतन्त्र फर्काउने आन्दोलनमा प्रेसमाथि आक्रमण हुनु र पत्रकारको हत्या हुनु दुःखद हो । यसको हामी घोर भत्र्सना गर्दछु ।’
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार रजकको राजावादीले हत्या गरेको भन्दै घटनाको भत्र्सना गरे । उनले दोषीलाई तत्काल पक्राउ गरि कडा कारवाही गर्न माग गरे । उनले भने,‘आगलागी भएको घरमा ढोका थुनेर निस्कन नदिनू र आगो निभाउन आएको दमकललाईपनि रोकेर पत्रकार रजकको हत्या गरिएको छ, यसको जति भत्र्सना र निन्दा गरेपनि कम हुन्छ ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले नेपाल पत्रकार महासंघ केन्द्रको आह्वानमा विरोध प्रदर्शन गरिएको बताए । उनले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्न माग गर्दै तत्काल दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गरे ।
प्रेस युनियन कास्कीका सभापती वासु मिश्र, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, प्रेस सेन्टर कास्कीका ईञ्चार्ज सन्देश श्रेष्ठ, समाजवादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङलगायतले पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्न माग गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






