आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित




दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।

भकुण्डी–बरालुङबँेसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति रु पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।