पोखरा । जगदम्बा आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सिता पहारी चयन भएकी छन ।
संस्थाको बुधबार सम्पन्न ११औ अधिवेशन तथा १८औं साधारणसभाले पहारीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा सिता पहारी९छघरे० चयन भएकी छन् । यस्तै द्वितीय उपाध्यक्ष गोमा पहारी, तृतीय उपाध्यक्ष गीता पहारी सचिवमा दुर्गा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी तिमिल्सिना, सहसचिव शारदा पहारी, सहकोषाध्यक्ष शान्ता पहारी चुनिएकी छन् ।
यस्तै सदस्यहरूमा सावित्री पहारी, धनुमाया कोइराला, लक्ष्मी गौतम, राधा पहारी,तारा अधिकारी,लक्ष्मी सुवेदी,लक्ष्मी पहारी,शान्ति श्रेष्ठ, विद्या पौडेल, र भगवति अधिकारी चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघि भएको संस्थाको अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि एवम् सल्लाहकार गण्डकी प्रदेश सदस्य देवका पहारीले वडा न ६मा रहेका आमा समुह मध्य जगदम्बा आमा समुह अरु भन्दा पृथक रहेको बताइन ।
संस्थाले समाजमा रहेका विकृति विसङ्गति लाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको पुस्टाइन । सामाजिक क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा न्यूनिकरण गर्ने कुरामा समुहको योगदान महत्वपूर्ण रहने छ । महिलाहरूलाई संविधानले दिएको अधिकारको बारेमा समाजमा रहेका महिला दिदीबहिनीहरूलाई ज्ञान हुन आवश्यक रहेको सुनाइन । सासंद पहारीले महिला दिदीबहिनीहरू लाई आर्थिक उपार्जन सग जोडिन आग्रह गदै उद्यमशील बन्न जोड दिइन ।
पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य बासु बरालले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिए । समाज भइरहेको महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन्नँ पर्ने बताए ।
अध्यक्ष हेमा पहारीले आफ्नो क्षेत्र भित्र फोहोर मैला व्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्प्लेट सँगै घरदैलो गरेको सुनाइन । आगामी दिनहरूमा पनि सदस्यहरूका आर्थिक स्तर सुर्धान गर्ने कार्यक्रम हरू ल्याउनु पर्ने बताइन । नवनिर्वाचित अध्यक्ष सिता पहारी स्थानीय निकाय सँग समन्वय गरेर सीप मूलक तालिमहरू आयोजना आउँदा दिनहरूमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन ।
सल्लाहकार तथा पर्यटन ब्यवसायी गोविन्दराज पहारीले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढनु पर्ने सुझाब दिए । सल्लाहकार पदमराज पहारीले बैदाम क्षेत्रमा रहेका एतिहासिक बस्तुहरुको संरक्षण, सम्र्वदन र प्रवद्र्धन गर्ने तर्फ लाग्न समुहलाइ आग्रह गरे ।
अध्यक्ष हेमा पहारीमो को सभाअध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सिता पहारी ले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब गीता पहारी, नमुना आमा समुहकी अध्यक्ष जुना अधिकारी, सस्थापक अध्यक्ष गीता सुवेदी पूर्व अध्यक्ष दुर्गा देवी पहारी र महिला संञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।
कार्यक्रममा सचिब गीता पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष दुर्गा सुवेदी प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







