पोखरा, चैत २२
पोखरा चेम्बर अफ कमर्स कास्कीले विहीबार पोखरामा नया वर्ष २०८२ सालको शुभकामना आदानप्रदानसँगै भित्रेपात्रो विमोचन गरेको छ । कार्यक्रममा सहभागीले आपसमा नया वर्ष २०८२ को शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले छापेको भित्रे पात्रोको गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, संस्थाका सल्लाहकारहरु सञ्जीवबहादुर कोइराला, माधव बास्तोला, विष्णुप्रसाद बास्तोला, प्रेस सल्लाहकार श्यामनाथ कुँवर, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य दुर्गा बराल, फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव खगेन्द्र केसी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीलगायतले विमोचन गरेका थिए ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशन समितिका संयोजक परमेश्वर दवाडीले विमोचनमा सहभागी अतिथिहरु तथा भित्रो पात्रो निर्माणमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







