युकेमा पाँचथर कप हुने, विजेताले १२ सय पाउन्ड पाउने २३ चैत, पोखरा


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०८१ मा प्रकाशित




पाँचथर समाज सेवा युकेको आयोजनामा आउँदो ३ मेमा १२ औं पाँचथर कप हुने भएको छ ।

सहसंयोजकमा योगेन्द्र तावा र सन्देश नेम्बाङ रहेका छन् ।खेलमा मुख्य टिम (१७ वर्षमाथिका), भेट्रान (३७ वर्षमाथिका), सुपर भेट्रान (४५ वर्षमाथिका) र महिला (१८ वर्षमाथि) टिमबीच प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार मुख्य टिमका विजेताले ट्रफी र १२ सय पाउन्ड, रनरअपले ट्रफी र ६ सय पाउन्ड पुरस्कार पाउनेछन् ।

शनिबार ३ मे २०२५ दिन ह्यान्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा पाँचथर कप नाइन ए साइड फुटबल टुर्नामेन्ट हुन लागेको हो । खेल समय बिहान ९ देखि बेलुकी ७ बजेसम्म तोकिएको पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बुले जानकारी दिइन् । उनका अनुसार खेल संयोजक संयोजक प्रताप तामाङ तोकिएका छन् ।

भेट्रानका विजेताले ट्रफी र ८ सय पाउन्ड, रनरअपले ट्रफी र ५ सय पाउन्ड, सुपर भेट्रानका विजेता र रनरअपले क्रमश: ट्रफीसहित ६ सय र ४ सय पाउन्ड पुरस्कार पाउनेछन् । महिला टिमका विजेता र रनरअपलाई ट्रफी र नगद पुरस्कार दिइनेछ ।

टिम दर्ता यही अप्रिल २८ सम्म रहने छ । टिम दर्ता शुल्क २ सय ५० पाउन्ड तोकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।