नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न राजेन्द्र लिङ्देनको चेतावनी


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित




पोखरा, चैत २६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न चेतावनी दिएका छन् । राप्रपाले आज काठमाडौंमा राजतन्त्र र हिन्दू राज्य पुर्नस्थापनाको माग गर्दै आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने,‘तपाईंहरुले राजतन्त्र फालेर प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनु भएको छ । तपाईंहरुले लुटतन्त्र चलाएको जनतालाई राम्रोसँग थाहा छ । त्यसको भागिदार तपाईंहरुलाई बनाएरै छाड्छौं । त्यसका लागि आफू बस्ने जेलपनि तयार गरेर राख्नुहोला ।’

अध्यक्ष लिङ्देनले राजालाई सम्मानपूर्वक राख्ने ब्यबस्था गर्नुपर्ने बताए । राजाले राम्रोपनि गर्दैनन् र नराम्रोपनि गर्दैनन्, उनले भने,‘तर पछि नराम्रो गर्न नदिनेगरी संवैधानिक राजा राख्ने ब्यबस्था गर्नुपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।