पोखरा, चैत २८
पोखरामा आज भएको सडक दुर्घटनामा एक माओवादी नेताको मृत्यू भएको छ । पोखरा–९ पृथ्वीचोकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिलनेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव शिवराज कँडेलको मृत्यू भएको हो ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका ५३ वर्षीय कँडेल घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग. १६ प. २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको प्रहरीको भनाई छ । उनको उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । शिवराज र सुस्मिता कँडेल बाबुछोरी हुन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






