
मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।
घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए । उनका अनुसार चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शारीरिक रूपले हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको सुविधाका लागि चार किसिमका अपाङ्गतासम्बन्धी सहायता सहायता सामग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाइएको छ ।
फोल्डिङ लौरी, इअर सेट, ह्विलचियर र चर्पी चियर हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट सात थान, ह्विलचियर पाँच थान र चर्पी चियर आठ थान, थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान पाएका छन् ।
बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वीलचियर दुई र चर्पी चियर दुई थान, लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेका जनाइएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, सामाजिक विकास कार्यालयका प्रमुख सापकोटालगायतले यहाँका पालिकालाई ती सामग्री हस्तान्तरण गरेका हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।