
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा आजदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । एकलतर्फ विजेताले रु १५ हजार तथा उपविजेताले रु सात हजार पाँच सयसहित मेडल प्राप्त गर्ने छन् । छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले रु १० हजार र उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए।
चौध वर्ष एकलतर्फ विजेताले रु १० हजार तथा उपविजेताले रु पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले रु आठ हजार तथा उपविजेताले रु चार हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् । पोखरासहित काठमाडाँै, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा सङ्घ कास्कीका सदस्य प्रिति बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिताबारे आफ्नो धारणा राखेका थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।