शक्षकको आन्दोलनप्रति कास्की काँग्रेसको पूर्ण ऐक्यवद्वता


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित




पोखरा । नेपाली काँग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ ।

कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता जनाउनुभएको हो ।

शिक्षक समुदायले उठाएका मागहरु शिक्षाको गुणस्तर अभिवृद्वि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्वन्धित भएको उल्लेख छ । मागहरु अत्यन्तै जायज र सुसंगत छन् विज्ञप्ति भनिएको छ ।

विज्ञप्तिमा मागहरु प्रति राज्यको बेवास्ता र प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषा राष्ट्रको गरिमा र सभ्य समाजको परिकल्पनासँग मेल खादैन भनिएको छ ।

शिक्षकका मागहरुलाई शीघ्र सम्बोधन गर्न, सहमतिको आधारमा समाधान खोज्न र शिक्षा क्षेत्रप्रति सम्मान जनाउने व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

शिक्षकमाथिको अनादर सम्पूर्ण राष्ट्रको अपमान हो, विज्ञप्तिमा भनिएको छ,। शिक्षकको कुनै कमीकमजोरी भए त्यसलाई संवाद र कानूनी प्रक्रियाबाट सम्वोधन गर्न सकिन्छ तर आन्दोलन प्रति गरिएको हेपाहा दृष्टिकोणले झन् समस्यालाई जटिल बनाउँछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।