केपी ओली कप राष्ट्रिय टि२०ः फाइनलमा खेलाडीहरुको हौसला बढाउन सभामुख घिमिरे पोखरा आउँदै


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०८२ मा प्रकाशित





पोखरा । केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटको फाइनल खेल भोली ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो ।

फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘

भोली भब्य कार्यक्रमका बीच फाइनल खेल संगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उनको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।”

पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए ।

वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करण समेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो ।

बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् ।

त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।