पोखराबाट प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित




पोखराबाट प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा हुन । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् ।

उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।