गण्डकी प्रदेश सरकारद्वारा दुई विधेयक प्रमाणीकरण


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित




गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।