चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री भट्टराईले दिईन् राजिनामा


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित




चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षक महासंघको आन्दोलन नरोकिदा दवाबमा परेकी उनी प्रधानमन्त्रीसँगको भेटपनि सकारात्मक नभएपछि राजिनामा दिएको श्रोतले बताएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको भट्टराई निकट श्रोतले बताएको छ ।

शिक्षक आन्दोलन नरोकिएपछि उनी दवाबमा थिईन् । शिक्षकहरुको माग सम्बोधन गर्नका लागि पहल गरिरहँदा उनी प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिईन् । शिक्षकको माग सम्बोधनका लागि विभिन्न कोणबाट निकास निकाल्ने योजना सुनाउँदापनि प्रधानमन्त्री सकारात्मक नबनेको श्रोत बताउँछ । प्रधानमन्त्री नै सकारात्मक नभएपछि शिक्षकको माग सम्बोधन नहुने देखेर उनले राजिनामा बुझाएको श्रोतको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।