पोखरामा भइरहेको वुमन्स सुपर कप क्रिकेटमा ईस्लामिया कंकोरसको पहिलो जित


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ९

पोखरामा भइरहेको क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीपमा ईस्लामिया कंकोरसले पहिलो जित हात पारेको छ । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा ईस्लामिया कंकोरसले फिस्टेल अप्मस्टबिरुद्ध ७३ रनको जित निकाल्न सफल भएको हो ।

फिस्टेल अप्मस्टले टस जितेर फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको ईस्लामिया कंकोरसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । ईस्लामिया कंकोरसका लागि सिर्जना पौडेलले ५८ बलमा ७३ रन र अमिसा सुनारले १६ बलमा १४ रनको योगदान दिए । ईस्लामियालाई धेरै रन बनाउनबाट रोक्ने क्रममा फिस्टेल अप्मस्टकी पूर्णिमा गुरुङले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट र हिरा घर्तीमगरले ४ ओभरमै १५ रन खर्चेर २ विकेट लिएका थिए ।

१५४ रनको लक्ष्य पछ्याएको फिस्टेल अप्मस्ट भने १० ओभरमा ९ विकेट गुमाएर केवल ७४ रनमा पुग्दा उज्यालोको समस्याले व्याटिङ गर्न असमर्थ भयो । जसका कारण डिएलएस मेथर्ड अनुसार ईस्लामियालाई ७३ रनले बिजयी भएको घोषणा गरिएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।