अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित




सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।