तेक्वान्दो टोली जापान जाँदै


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित




काठमाडौँ । अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औँ संस्करणमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि जापानको ओसाका प्रस्थान गर्दैछ ।

यही वैशाख १२ देखि १४ गतेसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हृदयणी बस्नेतले ३० केजीमुनि, जोलिना बस्नेतले ३४ केजीमुनि, सोहन पाठकले २४ केजीमुनि तथा यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् । काजलले यसै प्रतियोगिताको २० औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।