कास्की कांग्रेसले भन्यो : पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित




पोखरा, १० वैशाख ।

नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैंठकले विद्यानमा भएको व्यवस्था अनुसार, पार्टीको तल्लो तहका सम्मेलन पछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नविकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।