फोनिज कास्कीः नव वर्ष २०८२ को शुभकामना आदान-प्रदान तथा बधाई कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०८२ मा प्रकाशित




पोखरा । नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले सबै पत्रकारहरुको क्षमता अभिवृद्धि हुनु पर्नेमा जोड दिएका छन ।

‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी सञ्चार’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा बुधबार पोखरामा भएको नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा उनले सो भनाइ राखेका हुन।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्रतिष्पर्धी अवस्थामा विना मेहेनत आफ्नो लक्ष्य र उद्देश्य पूरा नहुने बताए ।

उनले समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै कास्की र गण्डकीले पत्रकारमैत्री कार्यक्रमहरु संचालन गरिरहेको बताउनुहुदै फोनिजकर्मीहरुको माग सम्बोधनमा तत्पर रहने प्रतिबद्धता जनाए । फोनिजका गण्डकी प्रदेश इन्चार्ज रुद्र श्रीस मगरले कास्की र गण्डकीमा रहेका फोनिजकर्मीको आवश्यकता, माग लगायत बिषयलाई केन्द्रसम्म पुर्याउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिल प्रसाद गुरुङ र आदिवासी जनजाति संघसस्थाको तर्फबाट नेवा खल कास्कीका महासचिव श्रीकृष्ण कतिलाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै संसदिय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोईराला, रासस गण्डकीका प्रमुख बासुदेव पौडेल, फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष उमा आले मगर, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, राष्ट्रिय फोटो पत्रकार समुह कास्कीका अध्यक्ष योगेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ, मार्फा थकाली समाज कास्कीका अध्यक्ष देव कुमारी हिराचन लगायत विभिन्न आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि एवं संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

फोनिज कास्कीका अध्यक्ष विना कुमारी थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष सुशिल श्रेष्ठले स्वागत मन्तव्य र सचिव देविका तमाङले कार्यक्रम सञ्चालन गरेकि थिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।