राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकीको १७ आंै स्थापना दिवस सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित




पोखरा । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले १७ आंै स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रिया कार्यक्रम र जलपान गरी मनाएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभाकक्षमा आज भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रवक्ता बास्तोलाले प्रजातान्त्रिक पद्धतिमा सवै वर्गको समावेशी हुनुपर्ने धारणा नेपाली कांग्रेसले राखेको र कांग्रेस कमजोर भएमा विमुख बन्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेका थिए ।

अपाङ्गहरुका व्यक्तिगत तथा संस्थागत समस्या नेपाली कांग्रेस गण्डकी प्रदेशमा राख्न अनुरोध गर्दै तत्कालै समाधान गर्ने र अन्य निकायबाट हुने समाधानको लािग सम्बन्धित निकायमा पु¥याएर सहयोग गर्ने वातावरण तयार पार्ने प्रवक्ता बास्तोलाले जानकारी गराएका थिए ।

त्यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशका अध्यक्ष शङ्करप्रसाद पराजुलीले प्रदेश तथा केन्द्र सरकारले अपाङ्गता भएका व्यक्ति र संस्थाहरुलाई समेट्न नसकेको भनाई रहेको थियो । “प्रदेश सरकारले अपाङ्गहरुलाई समेट्न नसकेको गुनासो राख्यौ, प्रदेश सरकारले नीति तथा योजनाहरु बनाउदाँ छलफल गरेर अगाडि बढ्ने आश्वासन पाएका छौ”, उनले भने ।

त्यसैगरी केन्द्रीय सदस्य राधाकृष्ण गुरूङले सरकारमा रहेकाहरु नियमक व्यक्ति हरुनै अपाङ्ग मैत्री बन्नुभन्दा पनि शक्ति मैत्री बन्दा अपाङ्गहरुले पाउने सेवा सुविधाबाट बञ्चित बन्नुपरेको उल्लेख गरेका थिए । “जसको पहुँच छ, उसले कार्यक्रम र योजनाका नाममा लाखौं रकम लिन सक्ने तर कार्यक्रम प्रभावकारी छ, पहुँच छैन भने पैसा उठाएर कार्यक्रम गर्नुपरेको छ ।” उनले भने ।
केन्द्रीय सदस्य गुरुङले गण्डकी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको दक्षता अभिबृद्धिका कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्दै तल्लो तह सम्म इमान्दारिता पूर्वक कार्यक्रम गर्न नियमन निकायलाई ध्यानाकर्षण गरेका थिए ।

अपाङ्गता भएका केही व्यक्तिहरुले खाली भाँडा थापेर पैसा माग्नु भन्दा व्यवसायीक रुपमा केही वेचेर, उपहार दिएर, आफ्नो कला कौशल प्रदर्शन गरेर सहयोग लिनु उत्तम हुने उनको धारणा रहेको थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्यसचिव पदम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको समस्या, चुनौती र समाधानको बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा महाधिवेशन प्रतिनिधि परशुराम भट्ट, पूर्व केन्द्रीय सदस्य श्याम प्रसाद अर्याल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ कास्कीका सभापति सुशिल गोदार, पर्वतका सभापति गणेश भुसाल, पोखरा १४ का सभापति सुजन बस्ताकोटीलगायतले अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई एउटै कलष्टरमा राखेर निर्वाचन गरिनुले मर्कामा परेको, नेपाली कांग्रेसको विधान संशोधनको आवश्यकता रहेको, अपाङ्ग व्यक्तिहरुको राजनीतिक पहुँच बनाउन कानुनी सुधार, सामाजिक चेतना, राजनीतिक दलको सहयोगले अपाङ्ग समुदायको आवाज सशक्त बनाउने धारणा राखेका थिए ।

कार्यक्रममा कलाकारहरु दिलिप भण्डारीले सारङ्गी बजाएका थिए भने होमनाथ पौडेलले गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए । भने १७ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथि माधवप्रसाद बास्तालाले केक काटेर अध्यक्ष शङ्करप्रसाद पराजुलीलाई खुवाएका थिए ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशका महामन्त्री युवराज पराजुलीले सञ्चालन गरेको कार्यक्रम उपसभापति ताराप्रसाद तिवारीले स्वागत गरेका थिए भने प्रदेश अध्यक्ष शङ्करप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।