पोखरा कस्तो बनाउने भन्ने विषयमा कास्की कांग्रेसले सुझाव संकलन गर्दै


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित




पोखरा, २१ वैशाख ।
नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।
कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिने छ ।
‘आवश्यकता बुझ्ने छौं, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने, त्यसपछि तीन तहका सरकारसँग लबिङ्ग गर्ने छौं । सुझावका आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ ।
सुझाव संकलन पछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्ष सहित तीन तहका सरकारसँग लबिङ्ग गरिने कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।