पोखरा–८ मा मानव अधिकार र महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका–८ मा आज मानव अधिकार र महिला अधिकारसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा र मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था इन्सेक (INSEC) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरुालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले यस्ता सचेतनामूलक कार्यक्रमहरू स्थानीयस्तरमा अधिकारसम्बन्धी चेतना अभिवृद्धिका लागि महत्वपूर्ण हुने बताउँदै पोखरा महानगर वडा नं. ८ ले आगामी दिनमा यस्ता क्रियाकलापमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ज्ञानकुन्ज आमा समूह, युवा तथा महिला प्रतिनिधिहरू, समाजसेवी, शिक्षक, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
इन्सेकका प्रतिनिधिहरूले मानव अधिकारका आधारभूत अवधारणा, महिला हिंसा विरुद्धको कानुनी सुरक्षा, तथा लैंगिक समानताका विषयमा सहभागीहरूसँग कार्यपत्र प्रस्तुत गर्दै अन्तर्क्रिया गरेका थिए।

इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार र महिला अधिकारप्रति स्थानीय तहमा सचेतना फैलाउने, समावेशी सहभागितालाई प्रवर्द्धन गर्ने, र समानतामूलक सामाजिक व्यवहारका लागि सामूहिक जिम्मेवारीबोध विकास गर्नु कार्यक्रमको उद्देश्य रहेको बताएका छन्।

सहभागीहरूले कार्यपत्र, समूह छलफल, र अन्तर्क्रियामार्फत आफ्ना अनुभवहरू साझा गरेका थिए। कार्यक्रम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।