
स्याङ्जा जिल्ला चापाकोट ३ पिपल डांडामा जन्म भई हाल देवदह ७ सितलनगर निवासी कोरियामा कार्यरत अनलाइन मगर संसार फोटो ग्यालरी ग्रुप्पेजका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष सक्रियतामा मगर संसारद्वारा तेस्रो घर निमार्ण गरी हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका स्याङजा चापाकोट ३ पिपल डांडा निवासी स्वर्गीय टुक बहादुर बिर्कट्टा मगरको परिवारलाई सो घर निर्माण गरी बैशाख १९ गते एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेका स्वर्गीय टुक बहादुर बिर्कटा मगरको थप उपचारको लागि अध्यक्ष लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरीले सहयोग अभियान संचालन गरेको थियो तर सहयोग रकम हस्तान्तरण गर्न नपाउँदै क्यान्सर पीडित ६३ बर्षीय टुक बहादुरको पोखरामा उपचारकै क्रममा २०८१ माघ १५ गते निधन भएको थियो ।
अभियानमा लगभग १ लाख बढी सहयोग रकम उठेको र टुक बहादुरको निवास जीर्ण र असुरक्षित रहेकाले उठेको रकममा थप सहयोग संकलन गरी उनको परिवारको लागि घर निर्माण गरिदिएको थियो ।
सहयोग अभियानमा रु छ लाख तीन रुपियाँ सहयोग उठेको र त्यसमध्ये घर निमार्णमा रू. ५,१५,४३५ रुपैयाँ खर्च भएको अध्यक्ष लामिछानेले बताए ।
घर हस्तान्तरण गर्न टुक बहादुर निवास पुगेका मगर संसारका एडमिन टीम मार्फत् बाकी रकमले परिवारलाई आवश्यक खाद्दन्न, जिंसी सामग्री, लत्ताकपडा र साथमा नगद रकम हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा घर निर्माण रेखदेखका जिम्मा बहन गर्ने स्याङ्जा वालीङ निवासी क्याप्टेंन बोम बहादुर थापा मगरले घर निर्माणमा लागेको खर्च बिबरण प्रस्तुत गरेका थिए । टयाङ्च लाम आमा समूह पिपल डांडाले मगर संसारका एडमिनहरु लाई फुलमालाले स्वागत गर्नुका साथै खानपान तथा आवासको ब्यवस्थापन गरेको थियो ।
मगर संसारका १२ जना एडमिनहरु स्वर्गीय टुक बहादुर निवास हस्तान्तरण गर्न स्याङ्जा चापाकोट ३ पिपल डांडा पुगेका थिए दुःखी, गरिव र असहाय विरामीको लागि आर्थिक सहयोग संकलन गरी धेरै विरामीहरुको जीवन बचाउन सफल मगर संसारले आजसम्म २६९ औं सहयोग सम्पन्न गरिसकेको अध्यक्ष लामिछानेले बताए ।
मगर संसारले आजसम्म रु। तीन करोड माथि सहयोग संकलन गरी मगर समुदाय लगायत अन्य समुदायका बिभिन्न समस्यामा परेका बिरामी, गरीब परिवारलाई सहयोग गरिसकेको उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।