लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो स्थानमा


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो बनेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा सशस्त्र प्रहरी बल  (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।

फाइनल खेल पनि आजै हुनेछ । दिउँसो ४ बजेबाट सुरु हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र इरानी टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।