राष्ट्रिय युवा सङ्घको दशौं महाधिवेशन जेठ ९–११ गतेसम्म पोखरामा हुने


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८२ मा प्रकाशित




सीता परियार पोखरा, २३ वैशाख

राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी जेठको दोश्रो साता पोखरामा हुने भएको छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरेर संघको महाधिवेशन आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा गर्न लागेको जानकारी दिएको हो । महाधिवेशनको तयारी शुरु भइसकेको संघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

अध्यक्ष थेबेले महाधिवेशन नेपालका युवाहरूको सशक्तिकरण, संगठनको भविष्यको कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण हुने बताए । महाधिवेशनमा देशका ७७ जिल्लाकै प्रतिनिधि, युवा अगुवा तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने उनले जानकारी दिए ।

महाधिवेशनले नया नेतृत्व चयन गर्नुका साथै संगठनको विधान, नीति र कार्यक्रमहरूका बारेमा समीक्षा र संशोधन गर्ने जनाइएको छ । साथै महाधिवेशनमा आगामी दिनमा युवा अभियान सञ्चालनबारे छलफल हुने अध्यक्ष थेबेले बताए। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा युवाहरूको भूमिका, रोजगारी सृजना, नेतृत्व विकास, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका विषयमा समेत छलफल हुने उनको भनाई छ ।

महाधिवेशनका लागि सङ्घले प्रतिनिधि चयन गरिसकेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।