लायन्स क्लब अफ पोखरा तालबाराहीको अध्यक्षमा पहारी निर्वाचित


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८२ मा प्रकाशित




लायन्स ईन्टरनेशल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा तालबाराहीको लायन बर्ष २०२५ र२०२६ को नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

पदाधिकारी चयनको लागि मंगलबार पोखरा (६ स्थित हिमालयन किचनमा भएको निर्वाचन कार्यक्रमबाट अध्यक्षमा लेखनाथ पहारी निर्वाचित भएका हुन् । पहारी लेकसाइड स्थित चिल्ली ग्रुपका कर्पोरेट म्यानेजर हुन । क्लबको प्रथम उपाध्यक्षमा डा. थानेस्वर पहारी, द्धितिय उपाध्यक्षमा शेरमान गुरुङ, सचिवमा डा. बिकास पहारी, र कोषाध्यक्षमा डा. सुरेश पहारी निर्वाचित भएका छन् ।

डिस्ट्रिक्ट चिफ तथा क्लबका सस्थापक अध्यक्ष लायन भीष्मराज पौडेल संयोजक, डिस्ट्रिक्ट काउन्सलर एबम क्लबका पुर्ब अध्यक्ष लायन दिपेन्द्र राई र डिस्ट्रिक्ट एडभाइजर एबम क्लब पुर्ब अध्यक्ष लायन नारायण प्रसाद पौडेल सदस्य रहेको तीन सदस्यीय निर्बाचन मण्डलले क्लबको मार्केटिङ चेयरपर्सनमा लायन प्रकाशचन्द्र पहारी र क्लब एडमिनिस्टेटरमा लायन शिब प्रसाद तिमिल्सिना लाई सर्बसम्मत रुपमा चयन गरेको हो ।

वर्ष २०२४/२५ का अध्यक्ष एबम वर्ष २०२५/२०२६ का जोन चेयरपर्सन लायन प्रकाश गिरिको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक भीष्मराज पौडेल, सदस्य दिपेन्द्र राई र नारायण प्रसाद पौडेल लगायतले नबनिर्बाचित समितिलाई शुभकामना व्यक्त गर्दै विगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा पनी क्लबलाई दिगो राखी, सामजिक कार्य मार्फत उत्कृष्ट क्लब बनाउन आग्रह समेत गरे ।

उनले आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।