व्यवसायीलाई कुटपीट गर्ने वडाध्यक्षमाथि छानविन गरी कारवाही गर्न सर्वेश्वर व्यवसायी समितिको माग


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख २४

सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले व्यवसायीमाथि कुटपीट गर्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई कारवाही गर्न माग गरेको छ । समितिले आज एक विज्ञप्ती जारी गर्दै वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका समितिका आजिवन सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य लेखनाथ सुवेदीलाई कानूनी शासन र व्यवसायीको अधिकारमाथि गम्भीर आघात पुर्याउँदकाै कुटपीट गरिएकाले निश्पक्ष छानविन गरी दोषी वडाध्यक्षमाथि कारवाही गर्न माग गरेको हो ।

समितिअध्यक्ष तुलबहादुर थापा (राजन)ले एक बिज्ञप्ति निकाल्दै आफ्ना सदस्य सुवेदीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घट्नाको भत्र्सना गरेका हुन् ।

साथै समितिले व्यवसायीमाथि वडाध्यक्ष पराजुलीले गरेको घटनाप्रति सम्पूर्ण व्यवसायीहरु एकजुट भएर आवाज बुलन्द गर्न आह्वानपनि गरेको छ ।

वडाध्यक्ष पराजुलीले मंगलबार सर्वेश्वर मार्ग (पन्थी गल्ली)का व्यवसायी सुवेदीलाई कुटपीट गरेका थिए । पीडित सुवेदीले प्रहरीमा जाहेरी दिएपनि दर्ता नगर्दा अझैसम्म पक्राउ परेका छैनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।