
पोखरा
पोखराका धार्मिक व्यक्तित्व धर्मराज पौडेलको निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ घार्मी निवासी पौडेलको ७२ वर्षको उमेरमा मंगलवार राती निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास सम्वन्धि रोगवाट पिडित पौडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए । घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिरका संस्थापक समेत रहेका पौडेलको कार्यकालमै मन्दिर निर्माणले तिव्रता पाएको थियो ।उनले जीवनको अधिकांश समय धार्मिक तथा सामाजिक क्षेत्रमा लगाएका थिए । घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन कार्य योजना सहित अगुवाई गरेका पौडेल ताल बाराही मावि वैदाममा करिव एक दशक विद्यालय कर्मचारीको रुपमा सेवा गरेका थिए ।
उनले अमला विसौंनी घार्मी आलेवारी सडक निर्माण, ऐतिहासिक राम्चे पोखरी पुननिर्माण, महेन्द्र माविको शैक्षिक उन्नयन तथा घार्मी खानेपानी विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह समेत गरेका थिए । सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशिल पौडेलको बुधवार लामाचौरस्थित सेती घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा छोरा केशव पौडेलले दागबत्ती दिए । त्यस अघि पौडेललाई पोखरा १९ का पुर्व वडाध्यक्ष शोभामोहन पौडेल, ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेल लगायतका धार्मिक तथा सामाजिक व्यक्तित्वले अन्तिम श्रद्धान्जली व्यक्त गरे । स्वर्गीय पौडेलका श्रीमती सेती, एक छोरा केशव र दुई छोरी लक्ष्मी र कल्पना छन् ।
यसैविच ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले संस्थापक अध्यक्ष पौडेलको निधनप्रति शोक व्यक्त गरेको छ ।समितिले पौडेलको निधनले धार्मिक तथा समाजिक क्षेत्रमा अपुरणिय क्षति पुगेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।