
पोखरा, २०८२ वैशाख २५ ।
कास्की जिल्ला पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आज साँझ करिब ५ बजे अचानक आएको तिव्र गतिको हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिदा तालमा खसेका सात जना भारतीय पर्यटक र एक जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।
घटनापछि सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत एपीएफ फेवा रेस्क्यु टावरमा खटिएको सप्रसनि सट कुमार पौडेलको कमाण्डमा रहेको १/९ नफ्रिको टोली र सप्रसनि दिपेन्द्र कटवालको कमाण्डमा रहेको १/१३ नफ्रिको गण्डकी प्रदेश विपद् व्यवस्थापन टोली आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थलमा खटिएको थियो। सो टोलीले नेपाली सेनाको समन्वयमा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका गणपति प्र.उ. सूर्य तिमिल्सिनाले बताए ।
उक्त दुर्घटनामा भारतको जयपुरबाट आएका सोनु बर्मा (२५ वर्ष), नेहा शेखावत (२२ वर्ष), अरुण चौधरी (२१ वर्ष) र पुनम चौधरी (२४ वर्ष) लाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने प्रविण दिक्षित (२५ वर्ष) र श्याम प्रजापति (२४ वर्ष) लाई सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको हो। त्यस्तै पोखरा, गुरुङ गाउँका नेन्द बहादुर गुरुङलाई नेपाली सेनाले सकुशल उद्धार गरी स्वास्थ्यमा समस्या देखिएपछि पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ भने हाल उनको विस्तृत विवरण खुल्न बाँकी रहेको जनाइएको छ।
सक्रिय उद्धार प्रयास तथा सुरक्षा निकायहरूको तत्कालको संयोजनले गर्दा मानवीय क्षति हुन नदिइ सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको प्र.उ. तिमिल्सिनाले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।