
पोखरा । गायक तथा सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ। फरक शैली र भावनात्मक प्रस्तुतिका लागि परिचित खनालले यसपटकको गीतमार्फत पनि सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य राखेका छन्।
‘भोइस अफ नेपाल सिजन २’ बाट चर्चा कमाएका खनालले यस गीतमा आफ्नै शब्द र संगीत दिएका छन्। गीतमा ‘भोइस अफ नेपाल सिजन ६’ की सेमिफाइनलिस्ट इन्द्रकला राई र दृष्टिबिहिन प्रतिभाशाली गायक विकास थारुले स्वर दिएका छन्। संगीत संयोजन शाहस शाक्यले गरेका हुन्।
‘मन सानो’ गीतको म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने भिडियोमा रोशनी कार्की र पृथ्वी खनाल स्वयंले अभिनय गरेका छन्। गीतको भिडियो हालै पोखरामा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गायक खनालले यसअघि ‘देशको माया’, ‘सपना साकार’ लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले श्रोतामाझ राम्रो स्थान बनाएका थिए। नयाँ गीत ‘मन सानो’ ले पनि युट्युब लगायत डिजिटल प्लेटफर्ममा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
उनका अनुसार आगामी दिनमा पनि सामाजिक सन्देशयुक्त सिर्जनाहरू ल्याउने तयारीमा आफू क्रियाशील रहने बताएका छन्।
गीत हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्:
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।