
पोखरा । जनप्रिय सेकेण्डरी स्कुलले आफनो लगातार जित निकाल्ने क्रममा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैैदानमा सृजना बोर्डिङलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर जनप्रियले फिल्ड रोजेपछि सृजनाले पहिलो इनिङ शुरु गर्यो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित अण्डर १६ विद्यालयस्तरीय टी २० प्रतियोगितामा सृजनाले केवल १३.४ ओभर खेल्दै ४१ रन बनायो । सस्तैमा आउट हुदाँ विशाल ढकालको ७ र स्पन्दन गोर्खालीले ६ रन बनाए । कृष्ण ढकाल र सम्राट रावतले समान तीन तीन विकेट लिएपछि सृजना भने सस्तैमा समेटिन पुग्यो ।
४२ रनको लक्ष्य पछ्याएको जनप्रियले भने ९.२ ओभरमा तीन विकेटको क्षतिमा पुरा गर्यो । यथार्थ पौडेलले १० रन अविजित बनाए । टेकप्रसाद दाहालले ८ रनको योगदान दिए । सृजनाका विशाल ढकालले दुई विकेट लिए । खेलमा कृष्ण ढकाल प्लेयर अफ दि म्याच घोषित भए । उनलाई लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचननले पदक लगाई दिए ।
यसैगरी अर्को खेलमा हावर्ड एकेडेमीले कुमुदिनी होम्सलाई ५ विकेटले पराजित गरेको छ । टस हारेको कुमदिनीले पहिलो इनिङ शुरु गर्दै १०५ रनको लक्ष्य प्रस्तुत गर्यो । आयुष शाहले २१ रन बनाए । सन्जीत कुँवर १९ रन बनाए । हावर्डका कुशल मगरले तीन अनिष बस्नेत र हिमान्त चापागँईले समान दुई दुई विकेट लिए ।
हावर्डले १०६ रनको लक्ष्यलाई पुरा गर्ने क्रममा ५ विकेट गुमाउँदै १८.३ ओभरमा पुरा गर्यो । अवि गुरुङ, हिमान्त चापागाँई र एस भण्डारीले समान १५-१५ रनको योगदान गरेपछि जितको आधार तयार भएको थियो । सन्जीत कुँवरले २ विकेट लिए । खेलमा हिमान्त चापागाँई प्लेयर अफ दि म्याच घोषित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।