जनप्रतिनिधिसँग कास्की काँग्रेस


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८२ मा प्रकाशित




पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन जारी राखेको छ ।

तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरिरहेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए।

शनिवार पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँग सुझाव संकलन गरिएको हो । शहर र गाउँको आवश्यकता बारे जनप्रतिनिधिहरुले सुझाव दिएका थिए ।

यसअघि कास्की काँग्रेसले वडा कार्यसमितिका सभापतिसँग, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिसँग र उद्योग तथा पर्यटन व्यवसायीसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।