
श्रृष्टि भट्ट
पोखरा
क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको सोमबार निधन भएको छ । ६७ वर्षिय बस्नेत केही महिनादेखि पेट रोग सम्बन्धी उपचाररत थिए ।
पाँच० दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सकृय रहदै आएका थिए । क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्णबहादुर थापाले बताए । प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण योगदान रहेको छ । बस्नेतको शोकमा क्षत्री समाज नेपालको आकस्मिक बैंठक द्वारा योगदानको कदरसहित ५ दिन देशैभर शोक मनाउने, ७ औं दिनमा शोक सभा गर्ने बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष रिबबहादुर थापा, सचिव शिव थापाले समाजको झण्डा ओढाई अन्तिम बिदाइ गरेका थिए ।
शवयात्रामा विभिन्न राजनितिक दहका सदस्यहरु, समाजका सदस्यहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्वर्गिय बस्नेतको ३ छोरा र श्रीमती छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।