पोेखरामा गुरुबाटै दलित विद्यार्थीमाथि जातिय दुर्व्यवहार !


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ३०

आफूलाई पढाउने गुरुबाटै जातिय दुव्र्यबहार हुन्छ भनेर कुनैपनि विद्यार्थीले सोंच्नु त के कल्पनासमेत गर्दैन । किनकी पूर्वीय संस्कृति र दर्शनले गुरुलाई भगवानको स्तरमा राख्छ र माता, पिता तुल्य मान्छ । तर पोखरामा एक गुरुले आफ्नै शिस्य (विद्यार्थी)माथि जातिय दुव्र्यवहार गरेको आरोप लागेको छ ।

जातिय दुव्र्यवहारबिरुद्ध सचेतना फैलाएर जागरुक बनाउने गुरुले आफ्नै शिष्यमाथि जातिय दुव्र्यवहार गरेपछि उनीबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास् कीमा कारवाहीको माग गर्दै उजुरी परेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत प्राध्यापक प्रा.डा. देविलाल शर्माले सोहि क्याम्पसमा अध्ययनरत विद्यार्थी अमन परियारमाथि जातिय दुव्र्यवहार र दुर्वाच्य बोलेको आरोप लागेको हो । पीडित परियार एमबीएमा अध्ययनरत विद्यार्थी हुन् ।

परियारमाथि जातिय हिंसा भएपछि दलित विद्यार्थीहरुको साझा संगठन दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसले मंगलबार जातिय विभेद गर्ने डा.शर्मालाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको हो । उजुरीमा शैक्षिक भ्रमणका क्रममा हेटौंडाहुँदै सिन्धुली पुगेको बेला सोमबार साँझ प्राध्यापक डा.शर्माले परियारमाथि जातिय रुपमा होंच्याएर गालीगलौच गरेको आरोप छ । शैक्षिक अवलोकन भ्रमणका लागि सोमबार साँझ सिन्धुलीमा पुगेका थियौं‘जाहेरीमा भनिएको छ,‘त्यहाँ डा.शर्माले तँ……को छोरो, …… गुको लेंडो, जात नभएको, …..जात जनायो भन्दै अपशव्द प्रयोग गरे ।’

बिना कारण एकोहोरो गालीगलौच र जातिय अपशव्द प्रयोग गर्न थालेपछि विद्यार्थीहरुले आपत्ती जनाएका थिए । तर डा.शर्माले झन् उत्तेजितहुँदै शैक्षिक करियर नै ध्वस्त बनाईदिने चेतावनी दिएको उजुरीमा उल्लेख छ । उजुरीमा भनिएको छ,‘शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपि मैले नै जाँच्ने हो तँलाई जान्या छु, एन.क्यू. लगाइएर तँलाई कहिं न केहिको बनाईदिन्छु भनेर धम्की दिएकाले कारवाहीको माग गर्दछौं ।’

दलित विद्यार्थी समाजले प्रहरीमा उजुरी दिनुअघि क्याम्पस प्रमुखलाईसमेत ज्ञापन पत्र बुझाएको छ । समाजले पीडक डा.शर्मामाथि कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । समाजका अध्यक्ष अमृत विकले जातिय अपहेलना र विभेदप्रति आफूहरु चुप लागेर नबस्ने बताए । शैक्षिक स्थलमा गुरुबाटै जातिय विभेद हुनु आपत्तीजनक विषय हो,उनले भने,‘यो सह्य विषय होईन, हामी यसको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न माग गर्दछौं ।’ समाजले डा.शर्मालाई तत्काल पदबाट बर्खास्त गर्नपनि क्याम्पस प्रशासनसमक्ष माग गरेको छ । उनले दोषी डा.शर्मामाथि कारवाहीको प्रक्रिया नचाले जस्तोसुकै कदम चाल्नसक्ने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही क्याम्प प्रशासन नै हुनुपर्ने बताए ।

समाजले न्यायका लागि अदालतको ढोकासमेत घच्घच्याउने जनाएको छ । समाजका अध्यक्ष विकले भने,‘हामी पीडितको न्यायका लागि भोलि अदालत जान्छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।