
पोखराबाट तीन जना व्यक्तिहरूलाई यौन व्यवसाय सञ्चालनको आरोपमा पक्राउ गरिएको छ। रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् । रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।