पोखरामा मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८२ मा प्रकाशित




पोखरामा मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।