
पोखरा, जेठ १
पोखरामा शनिबारदेखि जेसिज सप्ताह शुरु हुने भएको छ । पोखरा जेसिजको आयोजनामा पोखरामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म डाँफे हाउजिङ रियल स्टेट कम्पनीको मुख्य प्रायोजनमा जेसिज सप्ताह हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ«े गाउँपालिकाको भेंडाबारी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने पोखरा जेसिजका अध्यक्ष भाईराज रानाले जानकारी दिए । माछापुच्छ«े गाउँपालिका र हिमालय आँखा अस्पतालसँगको सहकार्यमा हुने शिविर भेंडाबारी, ल्वाङघलेल, रिभान, लाहाचोकलगायतका क्षेत्रका बासिन्दालाई लक्षित गरेर गर्न लागिएको उनले बताए ।
सप्ताहको दोस्रो दिन निर्णय पुस्तिका (मान्यूट) लेखन तथा वित्तीय साक्षरता तालिम आयोजना गरिनेछ । पोखरा महानगरपालिका वडा नम्बर–१७ र ग्लोबल आईएमई बैंक लिमिटेड सँगको सहकार्यमा हुने कार्यक्रम वडा नम्बर–१७ कै वडा कार्यालयको सभाहलमा हुने अध्यक्ष रानाले जानकारी दिए ।
सप्ताहको तेस्रो दिन अन्नपूर्ण गाउँपालिकाको प्रगतिशिल माविमा सोहि विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद तथा पोषाक (टिसर्ट) वितरण गरिने जनाइएको छ । सो कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा हुने उनको भनाई छ ।
त्यस्तै, सप्ताहको चौथो तथा अन्तिम दिन ‘आर्थिक विकास समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौति’का विषयमा अन्र्तक्रिया गरिने भएको छ । पोखरा उद्योग वाणिज्य संघ सँगको सहकार्यमा हुने सो कार्यक्रम कुटी रिसोर्ट लेकसाईडमा हुने अध्यक्ष रानाले बताए । सोहि दिन साँझ जेसिज सप्ताहको समापन कार्यक्रम रहेकोपनि उनले जानकारी दिए ।
नेतृत्व र प्रेरणाका लागि युवा सशक्तिकरणको नारा लिएर ५० वर्षदेखि पोखरामा निरन्तर क्रियाशिल यस संस्थाले युवाहरुको सशक्तिकरणका लागि काम गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।