नेता र नेतृत्व स्वार्थमा लिप्त भएर जनता लुटिरहेका छन् : अन्नपूर्ण गा.पा.अध्यक्ष केसी


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ ३

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको गम्भीर टिप्पणी गरेका छन् । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेर जनता लुटिरहेको गम्भीर आरोप लगाएका हुन् । नेता र नेतृत्व स्वार्थमा लिप्त छन्,उनले भने,‘उनीहरुले आफ्नो स्वार्थबाहेक केहिपनि देखेका छैनन् । अनि जनता लुटिरहेका छन् । उनले यसबारे समीक्षा गर्न जरुरी रहेको बताए । हामीले समाजवाद उन्मुख संविधान भन्यौ,उनले भने,‘संविधानमा त्यसको ज्ञारेन्टी गरिएकोपनि छ तर व्यवहारमा कहाँ छ ? यसमा गम्भीर समीक्षा गर्न जरुरी छ । हाम्रो कार्यशैली र व्यवहारप्रति समीक्षा नगर्नाले जनतामा निरासा छाएको छ ।’ उनले स्वार्थमा लिप्त भएर नभई गरीब, निमुखा, असक्त र असहायःको हित सोंचेर शासन गर्नुपर्नेमा जोड दिए ।

मानव सेवा आश्रमले भने मानव सेवाको काम गरिरहेको अध्यक्ष केसीले बताए । जुन काम राज्यले गर्नुपर्दथ्यो त्यो काम आज मानव सेवा आश्रमले गरिरहेको छ,उनले अगाडि थपे,‘जसको घरबार छैन, गाँस, बास र कपास छैन, माया पाएको छैन उसलाई राज्यले अभिभावकत्व दिनुपर्दथ्यो तर राज्यले गर्न नसकेको काम मानव सेवा आश्रमले गरिरहेको छ । यसका लागि आश्रमलाई धेरै धेरै धन्यवाद ।’ उनले आश्रमको पूर्वाधार निर्माणसँगै आत्मनिर्भर बनाउनका अन्नपूर्ण गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।