पोखरा, जेठ ६
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले कांग्रेस र एमाले दुबैले माओवादीलाई देखाएर एकले अर्कोलाई तर्साईरहेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘कांग्रेसलाई तर्साउनु प¥यो भने एमालेले माओवादी नेताहरुसँग कुराकानी भएको छ भनेर प्रचार गर्छन्, एमालेलाई तर्साउनु प¥यो भने कांग्रेसले माओवादी नेताहरुसँग कुरा कुरा भएको छ भनेर प्रचार गर्छन् ।’ तर माओवादी पार्टी सरकारको खेलमा नभएको उनले स्पष्ट पारे ।

उपमहासचिव पुनले सरकार माओवादीको कारण नभई आफ्नै कारणले ढल्न सक्ने बताए । सरकार ढल्यो भने, आफ्नै कारण ढल्छ,उनले भने,‘हामी त यो सरकार चलोस् भन्ने चाहन्छौं । सबै पार्टीका नेताहरुको नेतृत्वमा सरकार बनेपछि माओवादी नै ठीक रहेछ भन्ने हुने र त्यसपछि २०८४ मा जनताले बहुमत दिनेछ भन्ने विश्वास छ ।’ सरकार नालायकहुँदा व्यवस्थामाथि प्रश्न उठिरहेको उनले टिप्पणी गरे । तर जनताको पसिना र सहिदको रगतले ल्याएको गणतन्त्र, संविधान, संघीयताको रक्षा माओवादीले गर्ने उनले प्रष्ट पारे ।
अहिलेको सरकार बिचौलियाले बनाईदिएको र बिचौलियामार्फत नै चलिरहेको उनको आरोप छ । उनले गभर्नर नियुक्तिमा बिचौलिया हाबीहुँदा दुई महिनादेखि नियुक्ति हुन नसकेको टिप्पणी गरे । सरकार बिचौलियाले चलाईरहेको छ,उनले भने,‘गर्भनर नियुक्ती गर्ने हैसियतपनि यो सरकारमा छैन, वित्तीय क्षेत्र कब्जा गर्नका लागि बिचौलियाहरुले आफूले चाहेको गभर्नर ल्याउन खोजिरहेको छ । त्यहि भएर एकपछि अर्कोको नाम ल्याउँदै मिल्काउँदै गरिरहेको छ ।’
एक फरक प्रसङ्गमा पूर्वअर्थमन्त्री समेत रहेका पुनले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारका विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए । संसदीय समिति राजनीतिक प्रकृतिको मात्र भएकाले यसले प्राविधिक विषयमा विशेषज्ञता नहुने भन्दै उनले लेखा समितिलाई नियामक निकायमार्फत छानबिन अघि बढाउन आग्रह गरे । यो प्राविधिक विषय हो,उनले भने,‘त्यसैले कसैलाई आरोप लगाउने वा बदनाम गर्ने मात्र गर्नुहुँदैन । तथ्यले पुष्टि गर्नुपर्छ । त्यसका लागि छानविन गर्न जरुरी छ ।’
प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरोज अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






