पोखरा, जेठ ७
“बालबालिका आफ्ना अधिकारमा रमाइरहेको समृद्ध समाज” भन्ने दुरदृष्टि बोकेको चिल्ड्रेन-नेपालले आज आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम, गतिविधि र नीतिगत अवस्थाको सामाजिक परीक्षण (सोशल अडिट) सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व, पारदर्शिता, सहभागिता र जवाफदेहिताको अभ्यासका लागि आयोजना गरिएको यस कार्यक्रमले संस्थाको आन्तरिक मूल्यांकन र सार्वजनिक संवादका लागि प्रभावकारी माध्यमको रूपमा काम गरेको सरोकारवालाहरूले बताएका छन्।
गण्डकी प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले बालबालिका, युवा र परिवार सशक्तिकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, हस्तकला, जीवनोपयोगी सीप विकास लगायतका क्षेत्रमा संस्थाले खेलेको भूमिका उच्च मूल्याङ्कन गर्दै राज्य र संस्थाबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। चिल्ड्रेन-नेपालका अध्यक्ष शान्त पौडेलले समुदाय केन्द्रित सेवा प्रवाहमा अनुशासन, समर्पण र पारदर्शिताको महत्व बताउँदै आगामी दिनमा सेवा विस्तारमा जोड दिने योजना सुनाएका छन्।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बाल क्लब सशक्तिकरण, युवा नेतृत्व विकास, बाल अधिकार संरक्षण, स्वास्थ्य बीमा, लर्निङ्ग रिसोर्स सेन्टर, इको सेन्टर, हस्तकला परियोजना, महिला सशक्तिकरण र सामाजिक समावेशिता लगायत क्षेत्रमा संस्थाले पुर्याएको योगदान उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिताको लागि सामाजिक परीक्षण गरेको बताए। सामाजिक परीक्षणका क्रममा रमेश सुवेदीले सञ्चालन र पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक परीक्षकको रूपमा सहजिकरण गरेका थिए। कार्यक्रममा सहभागी सरोकारवालाहरूले संस्थाको कामप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै केही सृजनात्मक सुझावहरू पनि प्रस्तुत गरे।
सामाजिक परीक्षण कार्यक्रम संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नवराज अधिकारी (कास्की जिल्ला समन्वय अधिकारी), श्रीप्रसाद श्रेष्ठ (म्याग्दे गाउँपालिका अध्यक्ष), रुद्र रानाभाट (सरस्वती आ.वि. प्रधानाध्यापक), प्रकाश गिरी (सामाजिक अभियन्ता), कृष्णप्रसाद खराल (सदस्य चिल्ड्रेन नेपाल), लोचना अधिकारी (प्र.अ.,सहारा बाल आ बि), भिमलाल गुरुङ (पूर्व अध्यक्ष), सरोज बराल (उपाध्गयक्ष, गैर सरकारी संस्था महासंघ) लगायत ७० बढि सरोकारवालाहरूको उपस्थिति रबेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा चिल्ड्रेन-नेपालको कुल आम्दानी रु ३ करोड ६० लाख ८४ हजार ९८ रुपैयाँ ६९ पैसा रहेको छ भने कुल खर्च रु ३ करोड ३८ लाख ८८ हजार ७९९ रुपैयाँ १६ पैसा भएको छ। यसले रु २६ लाख ५८ हजार ८८८ रुपैयाँ ७८ पैसा बचत गरेको छ। संस्थाको आम्दानीमध्ये रु २ करोड ३२ लाख १८ हजार ५१ रुपैयाँ ३३ पैसा बाह्य स्रोत (दाताबाट) र रु १ करोड २८ लाख ६६ हजार ४७ रुपैयाँ ३६ पैसा आन्तरिक स्रोतबाट आएको हो। जुन कुल बजेटको ३६% हो ।
चिल्ड्रेन-नेपालले विगत आर्थिक वर्षमा बाल क्लब सशक्तिकरण, युवा नेतृत्व विकास, बाल अधिकार संरक्षण,, स्वास्थ्य बीमा, जलवायु परिबर्तन, लर्निङ्ग रिसोर्स सेन्टर, इको सेन्टर, हस्तकला परियोजना, महिला सशक्तिकरण, सामाजिक समावेशिता र उत्तरदायित्व अभिवृद्धि जस्ता विविध क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याएको छ।
सामाजिक परीक्षण संस्थाको कार्यक्रम कार्यान्वयनमा जवाफदेहितालाई सुनिश्चित गर्ने एक प्रभावकारी प्रक्रिया हो। यसले सरोकारवालाहरूलाई प्रत्यक्ष सहभागी बनाउँदै संस्थाको कामको मूल्याङ्कन र सुधारका लागि सुझाव दिन सक्षम बनाउँछ। चिल्ड्रेन-नेपालले यस सामाजिक परीक्षणबाट प्राप्त सुझावहरूलाई भावी रणनीति र योजनाहरूमा समायोजन गर्दै आफ्नो सेवा गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







