युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८२ मा प्रकाशित




पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।
प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका छन् ।
महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हनेछन् । महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधि छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।