जेठ १०, पोखरा ।
कास्की जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूको संयुक्त प्रतिनिधित्वले प्रधानमन्त्री समक्ष जिल्लाका विकास, सुशासन, वातावरण संरक्षण र संवैधानिक मूल्यको संरक्षणसम्बन्धी गम्भीर विषयमा शुक्रबार ध्यानाकर्षण पत्र पठाएको छ।
पाँचवटा साना राजनीतिक दलहरूको तर्फबाट प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष मेख वहादुर क्षेत्री (राजु), नेपाल कम्युनिष्ट पार्टीका सचिव उमेश सी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रविमोहन ढकाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका सचिव विक्रम थापा, र ने.क.पा. (वहुमत)का सचिव रविन्द्र राईले संयुक्त रूपमा हस्ताक्षर गरी कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएका हुन् । यी प्रतिनिधिहरूले कास्की जिल्लाको विकास, सुशासन, वातावरण संरक्षण र संवैधानिक मूल्यको रक्षा सम्बन्धी गम्भीर विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्।
पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका अनियमितता र घोटालाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरिएको छ। साथै, सर्वोच्च अदालतको फैसला अनुसार फेवाताल क्षेत्रको संरक्षण तत्काल कार्यान्वयन गर्न, पृथ्विचोक बसपार्कको निर्माणमा भएको ढिलासुस्ती अन्त्य गर्न, र सहकारीहरूमा देखिएका अनियमितताका कारण वचतकर्ताको रकम संरक्षण गर्न सरकारसँग माग राखिएको छ।
मध्यपहाडी लोकमार्गको ढिलाइ, ऐतिहासिक चौतारी वरिपरिका पिपलका रुखहरूको अवैज्ञानिक कटानी तथा वातावरणीय संकट, संक्रमणकालीन न्याय आयोगमा अपारदर्शी र पक्षपातपूर्ण नियुक्तिको विरोध, र लोकतन्त्र विरोधी गतिविधि बढ्दै गएको विषयमा समेत गम्भीर ध्यानाकर्षण गराइएको छ। पत्रमा उल्लेख छ कि यी विषयहरूमा सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ भने, विकास, सुशासन, वातावरण संरक्षण र संवैधानिक मूल्यहरूको रक्षा बिना मुलुकको स्थायित्व र समृद्धि सम्भव नहुने उल्लेख गरिएको छ।
सोहि समूहले शनिबार ने. क. पा. (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई पनि आज शनिबार सोहि प्रकृतिको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






