राइड सेयरिङको विरोध जनाउँदै पोखरासहित गण्डकीमा यातायात सेवा ठप्प


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८२ मा प्रकाशित




राइड सेयरिङको विरोध जनाउँदै पोखरासहित गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ।

राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी प्रदेश सरकारले नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन् ।

शुक्रबार बिहानैदेखि व्यवसायीले सार्वजनिक सवारीसाधनहरु घर ग्यारेजमै थन्क्याएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै व्यवसायीले आन्दोलन थालेका हुन् ।

यसअघि सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएको महासंघले १५ गते सार्वजनिक सवारीसाधन बन्द गर्दा राजावादीहरुको आन्दोलनलाई समर्थन गरेको भ्रम पर्न सक्ने भन्दै पछि सरेको थियो । आजदेखि गण्डकी प्रदेशभित्र यातायात सेवा ठप्प पारेका व्यवसायीले जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । नियमावली फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने अडान व्यवसायीको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।