एमाले नेतृ सृजना शर्मा अनेमसंघ सल्लाहकार परिषद्को अध्यक्षमा मनोनित


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८२ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशकी पूर्व उपसभामुख सृजना शर्मा अखिल नेपाल महिला संघको सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन हुनुभएको छ। संघको केन्द्रीय समिति बैठकले उहाँलाई सर्वसम्मत रुपमा सल्लाहकार परिषद्को अध्यक्ष पदमा मनोनयन गरेको हो।

महिला अधिकार, सामाजिक न्याय र समानताको आन्दोलनमा लामो समयदेखि सक्रिय शर्माले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सल्लाहकार परिषद्मा समेत सदस्यका रूपमा योगदान दिँदै आउनुभएको छ। उहाँको समाज रूपान्तरण र महिला सशक्तीकरणप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र नीतिगत अनुभवलाई मध्यनजर गर्दै संघले यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताइएको छ।

नव-मनोनित सल्लाहकार परिषद् अध्यक्ष शर्माले महिला आन्दोलनलाई अझ सशक्त, समावेशी र व्यवहारिक बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै, युवापुस्ताको सहभागिता र संगठनात्मक एकताको सुदृढीकरणमा जोड दिने बताउनु भएको छ।

शर्माको नेतृत्वमा संघको सल्लाहकार परिषद्ले महिला हकहितका सवालमा नीतिगत सल्लाह, रणनीतिक मार्गदर्शन र समावेशी अभियान सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।