विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा रोपियो फुलका बिरुवा

- बोटविरुवा संरक्षणकर्मी जगनाथ तिमिल्सिना सम्मान


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८२ मा प्रकाशित




जेष्ठ २२ । पोखरा ।
पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।
आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
बुलौदि खोलादेखि हल्लनचोक सम्म रहेको करिब २ कि।मी सडक डिभाइडर मा रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका बिरुवा रोपिएको संञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन ।
कार्यक्रमका उद्‌घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल र काटछाँट गरि फुलका बिरुवा रोपिएको बताए । हरियाली सडक डिभाइडर र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

 अध्यक्ष वृन्दा धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेका फुलका बोटबिरुवाहरूले पर्यटकहरूको ध्यान तान्ने गरेकोमा खुशी व्यक्त गर्दै, संरक्षणमा लाग्न सबैलाई आग्रह गरिन् ।

पोखरा महानगर पालिका वडा नं–६ का निवर्तमान वडा अध्यक्ष जगतबहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जगल र बोटविरुवा मासिदै गएको विचार व्यक्त गरे ।
सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट भएर अगाडि वढ्नु पर्ने बताइन् ।
दिवसको अवसरमा बोटविरुवा संरक्षण कर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न सङ्घ संस्थाहरूको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।