वातावरण दिवसमा विन्ध्यवासिनी माविका विद्यार्थीले निकाले सचेतना र्याली


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८२ मा प्रकाशित




पोखरा

विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना र्याली निकालेका छन् ।

इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदान देखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाई गर्नुका साथै जनचेतना जगाएका विद्यालयका क्याप्टेन करुणा आचार्यले जानकारी दिईन् । उनीहरुले सडकको दायाँ बायाँ देखिएका फोहर संकलन गर्नुका साथै स्थानियलाई जथाभावी फोहर नफाल्न आग्रह समेत गरेका थिए । जथाभावी फोहर फाल्नाले पर्यटकीय क्षेत्र कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा असर पर्ने बताउँदै, उनीहरुले फोहरको वर्गिकरण गरी व्यवस्थापन गर्न सुझाव दिए ।

त्यस क्रममा उनीहरुले महेन्द्र गुफाको समेत अवलोकन गरे ।त्यस क्रममा त्यहाँ फोहर संकलन गरी व्यवस्थापन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।